चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ वटा गैँडा मृत भेटिए
काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ वटा गैँडा मृत भेटिएका छन् । साउन महिनायता ६ वटा गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निक...
Source : https://ujyaaloonline.com/story/107783/2024/10/15/6-rhinos-were-found-dead-in-chitwan-national-park-