चुरे तथा वनजंगल संरक्षण अभियानले मधेश प्रदेश सरकार घेराउ गर्ने !

चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न मुद्दाहरु अगाडी सार्दै पुनः आन्दोलनको घोषणा गरेको छ ।

अभियानले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै तीन दिने आन्दोलनको घोषणा गरेको हो । अभियानका प्रदेश संयोजक अमन यादवले जारी गरेको विज्ञप्तीमा अभियानले पटक पटक तीनवटै सरकार समक्ष राख्दै गरेको माग चुरे वन जंग संरक्षण सम्वद्र्धन,दलित भुमिहीन सुकुम्वासीहरुको भुमि अधिकार र अवैध उत्खन्न,वन अतिक्रमण ,खुल्ला चरिचरण ,सिर्सिया नदी लगायतका नदीहरुको प्रदुषण एवम अतिक्रमण मुक्त बनाउनप्रति कुनै पनि निकाय सकारात्मक नदेखिएको पुनः आन्दोलन गर्न बाध्य भएको उल्लेख छ ।

अभियानले असोज ६ गते आइतबार मधेश प्रदेश सरकार घेराउ कार्यक्रम,सोमबार मधेश प्रदेश कार्यालयमा ज्ञापनपत्र र मंगलबार राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर इकाई घेराउ कार्यक्रमको घोषणा गरको छ । अभियानले कार्यक्रममा कुनै किसीमको अप्रिय घटना घटेमा तीनवटै सरकार स्वयम जिम्मेवार हुने विज्ञप्तीमा उल्लेख गरेको छ । अभियानले राष्टिय संयोजक सुनिल कुमार यादवको अगुवाईमा सप्तरीको भारदह देखि पैदल यात्रा गरेर काठमाण्डौ पुगी माईतीघर मण्डलामा १ सय २ दिन धर्ना प्रर्दशन गरेका थिए भने काठमाण्डौ विभिन्न निकायमा समेत प्रर्दशन गरेका थिए ।

The post चुरे तथा वनजंगल संरक्षण अभियानले मधेश प्रदेश सरकार घेराउ गर्ने ! appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/21/98936/