छठ पर्वका व्रतालु महिलालाई साडीसँगै पुजा समाग्री

सप्तरी । छठ पर्वका व्रतालु महिलाहरुलाई एक संस्थाले साडी तथा पुजा समाग्री वितरण गरेको छ । तराई-मधेश महिला फाउन्डेशनले बुधवार सप्तरीको रुपनी गाउँपालिका २ लौवापार टोलमा विपन्न समुदायका ३ दर्जन भन्दा बढी छठव्रती महिलाहरुलाई साडी तथा छठ पुजन सामग्री वितरण गरेको हो ।

फाउण्डेशनकी अध्यक्ष सुनिता कुमारी साह “क्रान्ति”ले उक्त समाग्री छठव्रती महिलाहरुलाई वितरण गरेकी हुन । सो अवसरमा उनले विपन्न समुदायका महिलाहरुलाई छठ पर्व मनाउन सहजताका लागी उक्त सामग्री प्रदान गरिएको बताइन । छठ व्रती महिलाहरुलाई वितरण गरिएको सामग्रीहरुमा साडी, सिंदुर, टिका र पुजा लगायतका सामग्री छन ।

The post छठ पर्वका व्रतालु महिलालाई साडीसँगै पुजा समाग्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103330/