छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाण्डौ – छठ पर्व अन्तर्गत हिजो अस्ताउँदो सूर्यको पूजा आरधना गरी अर्घ्य दिएका बर्तालुहरुले अहिले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्दैछन् । हिजो अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालुहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर केहीबेरमा उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । छठस्थलहरुमा रातिदेखि नै चहलपहल र रौनक छ । सूर्यको आरधना गरेर मनाइने यो पर्व लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथीदेखि विधिवत् रूपमा शुरू ...
Source : https://ujyaaloonline.com/story/108596/2024/11/8/arghya-is-being-offered-to-rising-sun-this-morning