छठ पर्व नजिकिएसँगै मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त

सुनसरी – सुनसरी हरिनगर गाउँपालिका–२ का मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसका सामग्री बनाउन व्यस्त छन् । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन केहीदिन मात्र बाँकी रहे पनि यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोशी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ । छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनग...

Source : https://ujyaaloonline.com/story/108472/2024/11/4/marik-community-busy-making-bamboo-products-