अक्टोबरमा १ लाख २४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पाेहोरको तुलनामा ६ प्रतिशतले धेरै

काठमाण्डाै – गएको अक्टोबर महिनामा नेपालमा एक लाख २४ हजार जनाभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा ६ दशमलव शून्य चार प्रतिशतले धेरै हो । गएको वर्ष एक लाख १७ हजार जना पर्यटक आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघिको वर्ष अर्थात् सन् २०१९ को तुलनामा सात प्रतिशतले कमी हो । २०१९ मा एक लाख ३४ हजार जना पर्यटक भित्रिएका थिए । यो वर्षको अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १६ हजार तीन सय १३ जन...

Source : https://ujyaaloonline.com/story/108493/2024/11/5/more-than-124000-tourists-came-to-nepal-in-october