छठ मनाउन गुहेश्वरी पुगे राष्ट्रपति पौडेल (तस्विरहरु)
काठमाडौँ । गुहेश्वरी पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले छठी माईको पूजा गरेका छन् । छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर उनले पुजा गरेका हुन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबार देखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ । बाँकी तस्विरमा हेर्नुहोस्: