नेपाल बैंकको वार्षिकोत्सवमा गभर्नरले भने- ‘बैंकले ग्राहकलाई दुःख दिएको गुनासो सुनिन्छन्’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दुःख दिएको गुनासो आएको बताएका छन् । नेपाल बैंकको ८८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो केही समययता राष्ट्र बैंकमा बैंकहरुले ग्राहकलाई विभिन्न बाहनामा नचाहिँदो टर्चर दिएको गुनासो आइरहेको बताएका छन् ।

‘बैंकहरुले ग्राहकलाई नचाहिँदो दुःख दिएर टर्चर दिएको सुनिन्छन् ।’, गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै प्रणाली बनाएको छ । उपभोक्ता संरक्षण सम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडेन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन सुरु गरेको छ ।’

त्यस्तै, गभर्नर अधिकारीले राज्यले ठूलो मेहेनत गरेर नेपाल बैंकलाई रिकभर गरेको उल्लेख गर्दै फेरी त्यही बाटोमा जानबाट बैंकलाई रोक्न राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन पनि आग्रह गरेका छन् ।

Source : https://arthasarokar.com/2024/11/on-the-anniversary-of-nepal-bank-the-governor-said-we-hear-complaints-that-the-bank-has-caused-suffering-to-the-customers.html



Related Posts