छिन्नमस्तामा यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमानसहित तयारी

सप्तरी । मुलुकको प्रसिद्ध शक्तीपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता देवी मन्दिरमा यस वर्ष ३० लाख श्रद्धालु आउने अनुमान सहित आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको छ ।

छिन्नमस्ता गाउँपालिकामा अवस्थित तथा नेपाल र भारतका हिन्दु धर्मावलम्बी माझ ख्याती प्राप्त यस मन्दिरमा विषेश गरी दशैका वेला लाखौ श्रद्धालु आउने गरेका छन ।

यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमान सहित आवश्यक तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । गत वर्ष झण्डै २५ लाखको हाराहारीमा श्रद्धालु पुजाआजा तथा दर्शनका लागी छिन्नमस्ता भगवनी मन्दीर आएको अध्यक्ष चौधरीले बताए ।

लाखौको संख्यामा आउने भक्तजनका लागी खानेपानी, शौचालय, रात विताउनका लागी उपयुक्त वासस्थल, स्वास्थ्य शिवीर, २४ सै घण्टा विद्युत सेवा, भीड व्यवस्थापन, पार्किङ्ग, मन्दिर आसपासका पसलको नियमित अनुगमन, सहज दर्शन र पुजापाठ तथा सुरक्षा लगायतको तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

यस कार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल र सशस्त्र प्रहरी, विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस, खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालय लगायत विभिन्न कार्यालय र संघ संस्थाको समेत साथ र सहयोग रहेको उनले बताए ।

अन्य दिन पनि यहाँ ठुलो संख्यामा भक्तजनहरु आउने गरेपनि दशैका वेला पृmुलपाती देखी टिका सम्म दैनिक लाखौको संख्यामा भक्तजनहरु आउने गरेका छन ।

The post छिन्नमस्तामा यस पल्ट ३० लाख श्रद्धालु आउने अनुमानसहित तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101912/