जनमत पार्टी एनजीओ रहेको भन्दै सामूहिक परित्याग
सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरुलाई अपमानजन्य व्यवहार गरेको भन्दै आफ्नो स्वाभिमानको रक्षाका लागि जनमत पार्टी परित्याग गरेका छन् ।
केही साता अघि जलेश्वरमा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा केही नेता तथा कार्यकर्तालाई कारबाही गरेको घोषणा गरेको थियो । सोही आवेशमा आएर महोत्तरीको जलेश्वरमा दर्जनौँ नेता तथा कार्यकर्ताहरुले अध्यक्ष राउतमाथि विभिन्न आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन् ।
अध्यक्ष राउतले आफ्नै नेता तथा कार्यकर्ताहरुमाथि अपशव्द प्रयोग गर्दै पार्टी कब्जा गर्न खोजेको भन्दै तथानाम बोल्दै अपमानजनक शब्द प्रयोग गरी स्पष्टीकरण समेत माग गरेको भन्दै आफ्नो स्वाभिमान रक्षाका लागि राजीनामा दिएको कार्यकारिणी सदस्य संजय स्वराजीले बताए । आफूहरुले सामूहिक रुपमा राजीनामा दिएको जनमत पार्टीका कार्यकारिणी समिति सदस्य संजय स्वराजीले जनमत पार्टी पार्टी नभइ एनजीओ रहेकाले आफूहरुले स्पष्टीकरणको औचित्य नै नरहेको स्पष्ट गरेका छन् ।
कार्यकारिणी सदस्य संजय स्वराजीले जनमत पार्टी एनजीओ रहेको भन्दै अध्यक्ष राउतले डिक्टेटरसीप लगाउँदै एनजीओकरणमार्फत आफूहरुलाई स्टाफको रुपमा निर्देशन दिने गरेको आरोप लगाए । अध्यक्ष राउत पार्टी गठन गर्ने क्रममा लगाएको लगानी जति नै आफ्नो लगानीसमेत रहेको दाबी गर्दै उनले भने, ‘ पार्टी गठनमा आफूहरुको समेत भूमिका महत्वपूर्ण रहँदा पनि अध्यक्ष राउत मालिकको रुपमा प्रस्तुत भइ आफूहरुमाथि शासन गर्न खोज्दा आफूहरुलाई दासत्व स्वीकार नगरी राजीनामा दिनु नै उचित सम्झेका हौँ ।’ उनले नेता तथा कार्यकर्ताले विभिन्न कुरामा आफ्नो टिप्पणी तथा गुनासा राख्न खोज्दा नेता तथा कार्यकर्ताले दिएको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दै तथानाम अपमानजनक गर्दै स्पष्टीकरण सोधेपछि आफूहरु बाध्यतावश पार्टीबाट अलग हुनुको विकल्प रोजेको प्रस्ट्याए ।
उनले महोत्तरीका जिल्ला अध्यक्षको मनोमानी तथा केन्द्रीय अध्यक्ष राउतका केही आसेपासेहरुको पार्टीमा मनोमानीसहित हैकमवादी प्रवृत्ति रहेको र संकीर्ण सोचलाई लिएर अघि बढ्न सक्ने आफूहरुको अवस्था नरहेको समेत बताए । उनले भने, ‘जनमत पार्टी एनजीओ हो, यहाँ अध्यक्ष राउतको एस मैन भएर आशीर्वाद थाप्नुपर्छ, अनि मात्रै पार्टीमा बस्न मिल्छ ।’
त्यस्तै केन्द्रीय सदस्य इन्द्रप्रसाद सिंह, कोमल यादव, दीपेन्द्र मधेशी र मसुधन महतोलगायतकाले जनमत पार्टीका अध्यक्ष राउतको अपमानजनक बोलीको कारण पार्टीमा बस्नुको औचित्य समाप्त भएको बताए । उनीहरुले पार्टी परिवारवादमा लागेको, वैदेशिक रोजगारीमा रहेका युवाहरुले दिएको चन्दाबाट अध्यक्ष राउतले जनकपुरधाम तथा काठमाण्डौमा घरसमेत किनेको र युवाहरुलाई झुक्याइरहेको तथा मधेशमा पार्टीको नाममा एनजीओ संचालन गरिरहेको आरोप लगाए ।
उनीहरुले राजनितिक ज्ञान नभएका र पार्टी अध्यक्षको ‘एसमैन’ भएकाहरुलाई मात्र सो पार्टीमा स्थान दिने गरेको आरोप लगाए । जनमत पार्टी परित्याग गर्नेहरुमा कार्यकारिणी सदस्य संजय स्वराजी, केन्द्रीय सदस्यहरु इन्द्र प्रसाद सिंह, कोमल यादव, दीपेन्द्र मधेशी र मसुधन महतो तथा जिल्लास्तरीय नेताहरु सन्तोष यादव, सिंहेश्वर मण्डल, रामजीवन साह, रामआधार भण्डारी, रोशन मधेशी, नरेन्द्र यादव, ई. प्रेमनाथ महतो, ई. रामपदार्थ महतो, हिरेन्द्र साह, बासुदेव यादव, जयचन्द्र ठाकुर, राजिव यादव, शिवशरण यादव, फुलो मण्डल र नीतु साहलगायत दर्जनाँै नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिए ।
The post जनमत पार्टी एनजीओ रहेको भन्दै सामूहिक परित्याग appeared first on Janakpur Today.