झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान (नामावलीसहित)
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका ३ वटा गाडीमा सवार ३५ जना मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा २५ जना पुरुष, नौं जना महिला र एक बालिका रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिए ।
दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा झ्याप्ले खोलामा खसेको पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा चार जना सवार थिए । चितवनबाट काठमाडौं आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।
यसैबिच हालैको बाढी पहिरोमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
यी हुन् झ्याप्ले खोला पहिरोमा ज्यान गुमाउनेहरू
१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)
२. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)
३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)
४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)
५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)
६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)
७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)
८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)
११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)
१२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)
१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)
१४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका–२ बस्ने (३१ वर्ष)
१५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट–७ (२८ वर्ष)
१६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट–१५ (३९ वर्ष)
१७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका–४ (४० वर्ष)
१८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका–१ (२३ वर्ष)
१९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका–२१ (२१ वर्ष)
२०. सन्तु विक, मकवानपुर मनहरी–९ (३३ वर्ष)
२१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका–१६ (४८ वर्ष)
२२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका–३ (१९ वर्ष)
२३. जनक कुँवर, तनहुँ भानु नगरपालिका–३ (२६ वर्ष)
२४. मोहनदास आचार्य, चितवन भरतपुर–९ (५३ वर्ष)
२५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका–१ (५६ वर्ष)
२६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ (४७ वर्ष)
२७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका–४ (१५ वर्ष)
२८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका–७ (२७ वर्ष)
२९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (५२ वर्ष)
३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (४० वर्ष)
३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका–६ (३९ वर्ष)
३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका–२ (२६ वर्ष)
३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका–६ (१७ वर्ष)
३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)
३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका–५ (३४ वर्ष)
The post झ्याप्ले खोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान (नामावलीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101696/