टी–२० आईको ब्याटिङ वरियतामा कुशल भुर्तेलको ३१ स्थान सुधार
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् । अस्ति सोमवार अमेरिकासँगको तीन वटा टी–२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए । ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् । ...
Source : https://ujyaaloonline.com/story/108092/2024/10/23/kushal-bhurtel-31-place-improvement-t20i-batting