डच गायिका एम्माले गाएपछि स्त्री २ गीत झन भाइरल

मुम्बई । श्रद्धा कपूर र राजकुमार रावको फिल्म ‘स्त्री २’ले यो वर्षकै बलिउडको चलचित्र मध्य सर्वाधिक व्यापार गरेको छ । रिलिज भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि यो चलचित्र अझै बक्स अफिसमा चलिरहेको छ ।

यो चलचित्रको कथासँगै पछिल्लो समय गीतहरू पनि भाइरल भइरहेको छ । यो चलचित्रका गीतहरुलाई अहिले बिदेशी कलाकारहरुले पनि गाउने गरेका छन् । यसको पहिलो गीत तमन्ना भाटियाको ‘आज की रात…’ थियो । जसमा अहिले सामाजिक सञ्जालमा सबैजनाले स्टोरी र टकटक बनाएर नाचिरहेका देखिन्छन् । तर यही चलचित्रको अर्को ऐ नही…पछिल्लो समय भाईरल भईरहेको छ।

यो गीतलाई भोजपुरी चलचित्रका पावर स्टार भनिने पवन सिंहले गाएका हुन् । यो गीत अहिले पनि ट्रेन्डिङमा छ । प्रख्यात डच गायिका एम्मा हिस्टर्स भोजपुरी पावर स्टार पवनको यही गीत आफ्नै शैलीमा गाएर यसको भिडियो सार्वजनिक गरेकी छिन् । एम्मा हिस्टर्सको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो गीत केही समयदेखि भारतमा भाईरल छ ।

उनले यो भिडियो आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्ट मार्फत सेयर गरेकी छिन् । भिडियोलाई अहिलेसम्म ६ लाखभन्दा बढीले हेरिसकेका छन् र यसको संख्या लगातार बढिरहेको छ ।

सबैले उनको स्वर र प्रतिभाको तारिफ गरेको पनि देख्न सकिन्छ । अहिले प्रसँसकहरुले एम्मा हिस्टर्सको यो भिडियालाई सेयर गरिरहेका छन् । दर्शकले भिडियोमा सकरात्मक प्रतिक्रिया पनि दिईरहेका छन् ।

The post डच गायिका एम्माले गाएपछि स्त्री २ गीत झन भाइरल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101107/