डेडिकेटेड र ट्रङक लाइनको बक्यौता १५ दिनभित्र बुझाउन उपभोक्तालाई प्राधिकरणको अनुरोध

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङक लाइनबाट विद्युत लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता महसूल बुझाउन अनुरोध गरेको छ । गएको आइतवार बसेको मन्त्रिपरिषद्को बैठक र मङ्गलवार बसेको प्राधिकरणको सञ्चालन समितिको बैठकले बक्यौता महसूल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार वितरण केन्द्रबाट सम्बन्धीत उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू, टी थ्री टाइम इन्टरभल मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको बिल छुट दिएको छ । ...

Source : https://ujyaaloonline.com/story/108820/2024/11/14/nea-requests-consumers-to-pay-within-15-days-