दक्षिण अफ्रिकासँगकोे टी–२० क्रिकेट शृङ्खला भारतलाई, दुई जना खेलाडीको शतक

काठमाण्डौ – दक्षिण अफ्रिकासँगको चार खेलको टी–२० क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराति भएको चौथो तथा अन्तिम खेलमा १ सय ३५ रनको फराकिलो अन्तरले विजयी भएसँगै शृङ्खला भारतले जितेको हो । जोहानेशवर्गमा भारतले दिएको २ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभर २ बलमा १ सय ४८ रनमा अलआउट भयो । उसका ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए । भारतका अश्रदीप सिंहले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले जम्मा एक विकेट गुमाएर दुई सय ८३ रन बनाएको थियो । उसका तिलक बर्माले नटआउट १ सय २० र सञ्जु...

Source : https://ujyaaloonline.com/story/108887/2024/11/16/india-wins-t20-cricket-series-against-south-africa