दशैँका लागि काठमाण्डौमा खसी,च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीको भनाइ
काठमाण्डौ – दशैँका लागि काठमाण्डौमा खसी, च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीले बताएका छन् । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता रहेको बेला कलङ्की खसी बजार व्यवस्थापन समितिले काठमाण्डौ उपत्यकामा विगत झैँ यसवर्ष पनि मासुको कमी हुन नदिने बताएको हो । कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले यसवर्ष पनि उपभोक्ताको माग पूरा गर्ने दाबी गर्नुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा मासुको व्यवस्थापन गर्न ३५/४० वटा जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको छ । &...
Source : https://ujyaaloonline.com/story/107440/2024/10/4/sayings-of-businessmen-who-don-let-meat-shortage-