दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव

काठमाण्डौ – दशैँ पर्व विशेष पर्व भएकाले घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुन्छ । नयाँ लुगा लाउने, मीठो खाने पर्वका रुपमा दशैँलाई लिने गरिन्छ । पोषणविद्ले दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाव दिएका छन् । घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए स्वास्थ्यलाई फरक नपर्ने पोषणविद् राज शाक्य बताउनुहुन्छ । चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई हानी नोक्सानी नगर्ने उहाँको भनाइ छ । चिल्लो, पिरो, नुनिलोको मात्रा धेरै हुँदा अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुन सक्छ । स्वा...

Source : https://ujyaaloonline.com/story/107702/2024/10/12/nutritionist-advice-to-not-eat-too-much-reduce