दसैंमा मासु कति खाने ? कसरी खाने ?
मासु एक प्रोटिनले भरिपूर्ण पौष्टिक आहार हो । मासुमा १४ देखि २१ प्रतिशतसम्म प्रोटिन पाइन्छ । त्यस्तै जिंक, भिटामिन बी र पोटासियमजस्ता शरीरलाई आवश्यक तŒव पनि पाइन्छ मासुमा । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, यदि सही र सन्तुलित ढंगले प्रयोग नगरेमा मासुमा पाइने फाइदाजनक तŒव शरीरले ठीकसँग प्राप्त गर्न सक्दैन ।
स्वस्थ व्यक्तिले हप्ताको एकदेखि दुई छाक भोजनमा मासु समावेश गर्नु उपयुक्त हुन्छ । स्वस्थ व्यक्तिले दिनभरमा १ सयदेखि १ सय ५० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ । मोटोपना भएको मानिसले एकपटकमा तीनदेखि चार पिसभन्दा बढी मासु खान उपयुक्त हुँदैन । अत्यधिक मासु सेवन गर्नाले हड्डी कमजोर हुने, आथ्र्राइटिस (जोर्नीसम्बन्धी रोग) हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।
मासु धेरै सेवन गर्नाले मोटोपन बढ्ने र त्यसले शरीरमा एस्ट्रोजेन हर्मन बढ्ने गर्छ । सो हर्मोनले क्यान्सरको खतरा बढ्ने अनुसन्धानहरूले प्रमाणित भएको छ । मासु खानेबित्तिकै आइसक्रिम, दूध, दही, क्रिमका परिकार खानु उपयुक्त हँुदैन । बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिनुपर्छ । चाडपर्वमा मासु बढी खाइने हुँदा यसले युरिक एसिड र मिर्गाैलाका बिरामीलाई सताउने गर्छ । प्रोटिनको अत्यधिक सेवनले मिर्गौला रोगमा हानि गर्ने हुनाले यस्ता रोगीलाई मासु कम खान सल्लाह दिइन्छ । मासुजन्य जुनोटिक रोगबाट बच्न मासुलाई राम्रोसँग पकाउनुपर्छ साथसाथै मासु खान भनी रोगी पशुहरूको वध गर्नुहँुदैन । काँचो मासुको सेवन जुनोटिक रोग लाग्नुको प्रमुख कारण हो । मासुलाई १ सय डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ ।
धेरै चिल्ला र फ्राई गरेका खानेकुरा तथा माछामासु खाने चलन छ । हामीलाई स्वादिलो लागे पनि धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ खाँदा त्यसबाट विषालु पदार्थ जन्मन्छ र त्यसले मुटुलाई निकै नै हानि पु¥याउँछ । त्यसैले यस्ता खारेका खानेकुरा खान हुँदैन । तेल, घिउको प्रयोग सकभर न्यून मात्रामा गर्नुपर्छ । त्यस्तै, एक दिन पकाएको मासु धेरै दिनसम्म खाने चलन पनि छ । पकाएको खानेकुरा धेरै समयसम्म भण्डारण गर्दा दूषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाइदा गर्छ । तसर्थ, एकपटकमा खाने जति मात्र पकाउने र जति पकाइन्छ त्यसको शुद्धतामा ध्यान दिने गर्नुपर्छ । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइँदैन ।
रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउँछ । उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्कजस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दसैंको मासु पकाउँदा सजक बन्नुपर्छ । मासुलाई धेरै भुट्ने, तार्ने वा पोल्ने भन्दा पनि थोरैभन्दा थोरै तेल प्रयोग गरी सामान्य तरिकाले पकाउनु उपयुक्त हुन्छ । एकपटक प्रयोग गरिएको तेल अर्कोपटक प्रयोग गर्नुहुँदैन । मासु पोल्दा र सुख्खा हुनेगरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । जसले पेट, ठूलो आन्द्रा, प्रोस्टेट, कलेजो, फोक्सो र छालाजस्ता अंगको क्यान्सर हुने जोखिम बढी रहन्छ । त्यस्तै, मासु फ्राई गर्दा निस्कने तŒव एचसीए र पीएएचएसले मानव शरीरमा विभिन्न ट्युमर पैदा हुन्छ । यसैको कारण पछिल्लो समयमा क्यान्सरको बिरामी नेपालमा बढिरहेको चिकित्सक बताउँछन् । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ ।
मासु उमालेर खाएमा अरू बढी स्वास्थ्यवर्धक हुने गर्छ । मासुलाई बफ्याएर पकाउन सकिन्छ । मासुलाई सुख्खा किसिमले फ्राई गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ । चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ । सकभर खसी, भेंडा, च्यांग्रा, पाडा, बंगुर आदिको रातो मासुभन्दा पनि कुखुरा, हाँस, टर्की, बट्टाई वा माछाको सेतो मासु खानु उपयुक्त हुन्छ । खासगरी, रातो मासुमा स्याचुरेटेड चिल्लो बढी हुने हुनाले त्यो मुटुको स्वास्थ्यको लागि घातक मानिन्छ ।
स्याचुरेटेड चिल्लोले कोलेस्टेरोलको मात्रा बढाउँछ, जसले रक्तप्रवाहमा अवरोधलगायतका समस्या उत्पन्न हुन सक्छ । सेतो मासुमा हानिकारक बोसो तथा कोलेस्ट्रोलको मात्रा कम हुने कारणले मुटुरोगी तथा मधुमेहका बिरामीलाई समेत उपयुक्त हुन्छ । मुटुरोगी तथा मधुमेहका बिरामीले सकभर एकदमै न्यून मात्रामा सेतो मासु खानुपर्छ । यस्ता बिरामीलाई रातो मासु उपयुक्त हँुदैन । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक धेरै खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्नु र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखानु उचित हुन्छ ।
मुटुरोग, मधुमेह तथा क्यान्सरका बिरामीले एक छाकमा तीनचार टुक्रा मात्र मासु खानु, कोक, फेन्टाजस्ता पेय पदार्थलाई भन्दा पानीलाई प्राथमिकता दिनु, हरियो तरकारीलाई खानामा समावेश गर्नु, सागसब्जी र रेसादार खानेकुरालाई प्राथमिकता दिनु र मासुको मात्र भर नपर्नु उपयुक्त हुन्छ । सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम मात्रामा हरियो सागसब्जी पनि खानु र नियमित शारीरिक व्यायम गर्नु उचित हुन्छ ।
मधुमेहका बिरामीले बढी चिल्लो मासु खानुहुँदैन । प्रेसरका बिरामीले खाने मासु धेरै नुनिलो हुनु हुँदैन । मधुमेह र प्रेसरका बिरामीले मासुसँग मादकपदार्थ खाने गर्नुहुँदैन । जथाभावी मुख छाडेर खानेकुरा खाँदा हृदयघात पनि हुने सम्भावना भएकाले विशेष ध्यान दिनुपर्छ । दमका बिरामीलाई चिसो खानेकुरा र पेय पदार्थ खाँदा असर पु¥याउँछ । ग्यास्टिकका बिरामीले दिनको चार÷पाँचपटक खानुपर्छ । सुगरका बिरामीले पनि पेटभरि खानुहुँदैन । अड्कल गरी गरी खानुपर्छ । स्वस्थ मान्छेले पनि दिनमा तीन÷चारपटक गरेर खानुपर्छ । एकैपटक धेरै खान उचित हुँदैन । नेपालका मासु पसलमा भएका लापर्बाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण हुने गरेको छ । बिरामी पशुको मासु खाँदा जुकाका लार्भा शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा रहेको छ । फोहोर वधशाला तथा मासुको तयारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लु तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा रहेको छ ।
मासु र अन्य परिकारलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्नेलगायतका समस्या देखिन्छ । नेपाल सरकारले २०५५ सालमै मासुको स्वस्थता र गुणस्तर कायम राख्न, स्वच्छ व्यापारलाई प्रोत्साहन गर्न, मासुबाट बन्ने खाद्यपदार्थमा मिसावट रोक्न पशु वधशाला तथा मासु जाँच ऐन बनाएको त छ तर यी ऐन नियम लागू भएका छैनन् । हुन त स्वच्छ मासुको महŒवलाई बुझ्दै आधुनिक वधशालाको चलन सुरु भने भएको छ ।
आधुनिक वधशालामा जनवारलाई दुःख दिएर मारिँदैन । उनीहरूलाई बेहोस बनाएर मारिने र रगतसँग पनि लसपस नगरिने हुँदा मासु स्वस्थकर मानिन्छ । नेपाल सरकारले पनि आधुनिक वधशालालाई प्राथमिकताका साथ लागू गर्न नयाँ ऐननियम बनाएर कडाइका साथ लागू लाग्नुपर्छ । उपभोक्ताले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिनुपर्छ । मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा राख्नुपर्छ । मासु काट्ने व्यक्तिले लगाउने पोसाक, काटेको तरिका र तराजु पनि सफा हुनुपर्छ । त्यस्तै, मासु काट्ने अचानो पनि सफा राख्नुपर्छ । मासुको परिकार तयार पार्ने व्यक्ति (कुक) स्वस्थ हुनुपर्छ । पशुपन्छी वध गर्नेबित्तिकै पकाएर खानुहुँदैन ।
वध गरेको अवस्थामै मासु किनेर ल्याउँदा पनि त्यसलाई ३ देखि ४ घण्टा डिपफ्रिजमा राखेर राम्ररी पकाउनुपर्छ । डिपफ्रिज छैन भने मनतातो पानीमा पखालेर मात्र पकाउनु राम्रो हुन्छ । पशुलाई धेरै हिँडाएर ल्याएको छ भने वध गर्नुअघि एक÷दुई दिन आराम गराउनुपर्छ । ठूलो पशु वध गर्नुपूर्व ६ देखि १२ घण्टाअघि दाना र घाँस रोकी पानी मात्र दिनुपर्छ । कुखुरालाई फिड सप्लिमेन्ट, हर्मोेन तथा एन्टिबायोटिक दिएको ३ देखि ५ दिनपछि मात्र वध गर्नुपर्छ । मासु पसल सिसा राखेको, डिपफ्रिजको व्यवस्था तथा सकभर बिजुली बत्तीको वैकल्पिक व्यवस्था भएको, भेन्टिलेटर तथा धुलोरहित र अन्य घरपालुवा जनावरको सम्पर्करहित हुनुपर्छ ।
कुखुराको मासु किन्दा छाला निकालेर, कलेजो, फोक्सो, मलहारनली र अन्ननली फ्यालेर किन्नुपर्छ । यसो गर्दा छालामा डिपोजिट भएर बस्ने भ्याक्सिन, कलेजोमा डिपोजिट भएर बस्ने एन्टिबायोटिक तथा यसमा रासायनिक प्रतिक्रिया भएर बन्ने केमिकलको हानिवाट जोगिन सकिन्छ । त्यस्तै, अन्ननली र मलहारनलीमा रहने ब्याक्टेरियाको संक्रमणबाट बच्न सकिन्छ । मासु किनेर खुला नराख्नु उत्तम हुन्छ । उपलब्ध भए डिपफ्रिजमा राख्ने वा आगोको छेउछाउमा ठूलो भाँडोमा छोपेर राख्नुपर्छ । फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ । बासी तथा खुला स्थानमा राखेको मासु खानु हँुदैन ।
मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नुहुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन् जुन व्यावसायिक संस्थाहरूमा मात्र हुन्छन । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नुहुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका तरल पदार्थ र कीटाणु हावामार्फत तल्लो सतहमा झर्न सक्छ । अनि तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारी छुट्याइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नुहुँदैन ।
कार्की वरिष्ठ पशु चिकित्सक हुन् ।
The post दसैंमा मासु कति खाने ? कसरी खाने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101843/