दार्चुला जीप दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनामा ६ जनाको शव घटनास्थलबाट संकलन गरिएको थियो भने अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृतकहरुमा दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका रहेका छन्। मृतकहरुमा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर ५ का ४० वर्षीया मीना लेखक रहेका छन्।

त्यसैगरी, बैतडीको डिलासैनी गाउँपालिका ५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ। दुर्घटनामा जीप चालक सहित ५ जना घाइते भएका छन्। जीप दुर्घटना बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गर्दा भएको थियो।

यो पनि पढ्नुहोस् : जात्रा हेरेर फर्किएकाहरु चढेको जीप दार्चुलामा दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

 

 

The post दार्चुला जीप दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/495725/