प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई ब्लू क्रस अस्पतालमा विशेष छुट

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड र ब्लू क्रस अस्पतालबीच सहकार्य हुने भएको छ । कार्तिक २९ गते आयोजित एक कार्यक्रममा व्यवसायिक हित तथा अन्य कार्यहरुमा सहकार्य गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारी अनुसार फाइनान्सका ग्राहक, सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुमा १० देखि १२ प्रतिशतसम्म छूट दिने व्यवस्था उल्लेख गरिएको छ । यसबाहेक रक्तदान, विभिन्न स्वास्थ्य शिविर लगायतका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलापहरुमा फाइनान्ससँग सहकार्य गर्ने समेत समझदारी भएको छ ।
समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा अस्पतालका तर्फबाट व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त अवसरमा फाइनान्सका प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई र अधिकृत अमिन श्रेष्ठ एवं अस्पतालका तर्फबाट वित्त तथा प्रशासन निर्देशक सतीदेवी गौतम सिंह र वरिष्ठ बजार अधिकृत सन्दिप रन्जितकारको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा फाइनान्स र अस्पतालबीच गरिने सहकार्यहरुबाट सञ्चालन गर्नसकिने विभिन्न सम्भावित क्रियाकलापहरुबारे छलफल गर्न नियमित संवाद गर्ने सहमति समेत भएको छ ।

Source : https://arthasarokar.com/2024/11/exclusive-discounts-at-blue-cross-hospitals-for-progressive-finance-customers.html



Related Posts