दिल्लीकी मुख्यमन्त्री आतिशीसहित ५ मन्त्रीको शपथ

भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ । अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ ।

केजरीवाल सरकारमा शिक्षामन्त्री रहेका आतिशी मरलानले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् । दिल्लीस्थित उपराज्यपाल निवासमा अतिशीसँगै अन्य पाँच मन्त्रीले पद तथा गोपनियताको सपथ लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । नयाँ सरकारमा गोपाल राई, कैलाश गहलोत, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावत मन्त्री बनेका छन् ।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । 

४३ बर्षिय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।

The post दिल्लीकी मुख्यमन्त्री आतिशीसहित ५ मन्त्रीको शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101080/