दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने सहमति छः सभापति देउवा

डडेल्धुरा । पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमति भएको बताएका छन् ।

गृह जिल्ला डडेल्धुरामा रहनु भएका देउवासँग नेपाल प्रेस युनियन डडेल्धुराले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आवश्यक नभई नहुने कुराहरु गर्न संविधान संसोधन गर्ने सहमति भएको बताए । राष्ट्रलाई फाईदा हुने काम गर्न संवधान संसोधन गर्न दुई दल तयार रहेको र अरु दलहरुलाई समेटिने सभापति देउवाले बताए ।

दुई तिहाई पुगाउन अरु दलहरुलाई पनि समेटर संविधान संसोधन गर्न सहमति भएकाले उनको भनाई छ । देश भर पूर्वाधारहरु बनिसकेका छैनन् । उनले भने, ठाउँठाउँमा सडकहरु बनाउन अझै बाँकी छ । सिंचाईको व्यवस्था, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न दुई पार्टी बिच सहमती भएको उनले बताए । सरकार यसमा लागिरहेको उनको भनाई छ । धेरै कुराहरु अगाडी बढेको र धेरै कुराहरु अगाडी बढ्दै गएको उनले बताए ।

समस्या सबै तिर भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपि ओलीले राम्रो सँग सरकार संचालन गरिरहेको बताए । गठबन्धन भत्किने कुराहरु आमसंचारका माध्यमबाट सुन्ने गरेको भन्दै उनले त्यस्तो नहुने बताए । मुस्कुराउदै सभापति देउवाले भने, प्रेसबाट गठबन्धन फुट्ने कुराहरु मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरु कही छैन ।

यो गठबन्धन २०८४ सम्मै जान्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, दुई वर्ष एमालेको नेतृत्वमा ओली जीको सरकार हो । त्यस पछि नेपाली काँग्रेस । मेरो नेतृमा सरकार बन्ने लिखित सहमती भएको छ । १८ महिनाको सरकार कांग्रसको नेतृत्वमा बन्ने उनले बताए ।

वर्तमान सरकारले राजनितिक प्रतिशोधले सहकारी ठगिका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको उनले बताए । हाम्रा साथिहरु लाई पनि प्रहरीले नियन्त्रणमा लिईरहेको छ । बयानहरु लिईरहेको छ । उनले भने, यसमा कुनै राजनितिक प्रतिशोध छैन । प्रहरीले कानून बमोजिम काम गरिरहेको छ ।

शिवशिखर सहकालीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको सवालमा उनले हाम्रो जिल्लामा सहकारीले सबभन्दा बढी बदमासि गरेको उल्लेख गरे । सहकारीको ठगि रकम बचतकर्ताले पाउने उनको भनाई छ । सहकारीका संचालक, ठगि गर्नेहरुलाई पक्राउ गरेर सम्पत्ति जफतगरि बचतकर्ताको रकम फिर्ता गरिने उनले बताए ।

निर्माण व्यवसायीले रकम नपाएको सवालमा उनले गरेको कामको पैसा पाइने बताए । गरेको कामको पैसा पाईन्छ । उनले भने, नगरेको कामको पैसा ल्याउ भने कहाँबाट पाईन्छ ।

चुनावका बेला मात्रै गृह जिल्लामा आउनु हुन्छ भन्ने गुनासो व्यापक हुने गरेको छ नी ? भन्ने प्रश्नामा सभापति देउवाले बेला बेला आउने गरेको र त्यो बेकारको हल्ला भएको बताए । अहिले सात वटै पालिकाहरु पुगेको जानकारी गराउदै उनले योजना बनाई दिनु पर्यो भनि जनताले मागहरु ल्याउने गरेको बताए । जनताका आकांक्षा धेरै छन । योजनाका मागहरु ल्याएर जनता भेट्न आउने उनले बताए । जनताका मागलागि आफुले काम गरिरहेको र सबैले माया गर्ने उनले बताए ।

The post दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने सहमति छः सभापति देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103838/