रुसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर स्कोल्जबीच दुई वर्षपछि पहिलोपटक कुराकानी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलरबीच दुई वर्षपछि पहिलोपटक टेलिफोनमा कुराकानी भएको छ । सन् २०२२ को डिसेम्बरपछि हिजो पहिलो पटक पुटिन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच कुराकानी भएको बीबीसीले जनाएको छ । झण्डै एक घण्टा लामो कुराकानीमा युक्रेन युद्ध अन्त्यको विषयले प्राथमिकता पाएको छ । जर्मन चान्सलर स्कोल्जले उत्तर कोरियाली सैनिकलाई युक्रेनविरुद्धको लडाइमा प्रयोग गरेकोबारे आपत्ति जनाउँदै यसले क्षेत्रीय युद्धलाई थप बढाउने बताउनुभएको थियो । पुटिनले भने उत्तर कोरियाका सेना रुसको पक्षमा लडिरहेको कुरा सत्य नभएको ...
Source : https://ujyaaloonline.com/story/108894/2024/11/16/putin-and-chancellor-hold-first-talks-in-two-years