दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैं झस्काइरहन्छ आफन्तलाई
चितवन। विसं २०६५ मंसिर २६ गते साँझ भरतपुरबाट बुटवल वनभोज खान गएर फर्किएको एक निजी विद्यालयको बस नवलपरासीको गैंडाकोटमा दुर्घटना हुँदा २३ जनाले एकै ठाउँमा ज्यान गुमाए। सो घटनामा छोरी गुमाएका भरतपुर महानगरपालिका-९ की मधु पाठक अहिले पनि दुर्घटना सुन्नासाथ छोरी सम्झिन्छन्। स्थानीय विद्यालयमा पढ्दै गरेकी १५ वर्षीया आकृति पाठकसहित शिक्षक र विद्यार्थी गरी २३ […]