देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियमा झर्याे
काठमाण्डौ – नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेकामा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले विभिन्न ठाउँमा बदली र वर्षासँग चिसो पनि बढेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् । अस्ति आइतवार असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि बेलुका र बिहान निकै चिसो महसुस हुने गरेको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो एकहप्तामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म...
Source : https://ujyaaloonline.com/story/107789/2024/10/15/got-colder-all-over-the-country-