धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघ्यो
समाचार सुन्नुहोस :
काठमाडौँ – धरहरा अवलोकन गर्न आउनेको संख्या एक लाख नाघेको छ। सहरी विकास भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंगलबारसम्म १ लाख ६ हजार ४९० जनाले धरहरा चढेका छन्।
सहरी विकास मन्त्रालयले असोज ३ गतेदेखि धरहरा सर्वसाधारणको लागि खुला गरेको थियो। आइतबार प्रतिकूल मौसमका कारण धरहरा प्रवेश बन्द गरिएको थियो र उक्त दिनको टिकट लिएका ग्राहकलाई अन्य मितिमा चढ्न सकिने व्यवस्था गरिएको छ।
धरहरा चढ्नका लागि दैनिक ६०० भन्दा बढी महिलाहरू र ४०० भन्दा बढी पुरुषहरूलाई अनुमति दिइने गरिएको छ। धरहराको टिकट बुकिङ अहिले एक सातासम्मका लागि अर्थात् असोज २२ गतेसम्म, पूर्ण भइसकेको छ।
The post धरहरा चढ्नेको सङ्ख्या एक लाख नाघ्यो appeared first on Samudrapari.