निर्माता ठग्दै नियम वितरित चलचित्र देखाउने १९ हललाई कारवाही

काठमाडौं । चलचित्र विकाश बोर्डले मुलुकका १९ वटा चलचित्र घरलाई कारवाही गर्ने भएको छ । लामो समयदेखि ती चलचित्र घरहरु नविकरण नगरेको, चलचित्र घर बन्द भएको बोर्ड जानकारी गराएको तर चलचित्रको प्रदर्शनी गरिरहेको भन्दै कारवाही प्रकृया सुरु गरिएको चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले बताएका छन् ।

नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारँगी’ को निर्माताहरुले ती चलचित्र घरमा चलचित्र चलाएर व्यापार नभएको देखाई निर्माता ठगेको जानकारी गराएपछि आफुहरुले कारवाहीको प्रकृया सुरु गरेको पनि शनिबार बोर्ड अध्यक्ष डिसीले सञ्चारकर्मीलाई बताएका छन् ।

तिहारको लक्ष्मीपुजाबाट रिलिज भएको नेपाली चलचित्र पूर्णबहादुरको सारँगी हाउसफुल रुपमा प्रदर्शन हुँदाहुँदै मुलुकका १९ वटा चलचित्र घरबाट सो चलचित्र उतारिएको छ । यो चलचित्रको निर्माण तथा वितरण कम्पनी सेभेन सिज ईन्टरटेनमेन्ट प्रालिले ती चलचित्र घर बिरुद्ध शुक्रबार चलचित्र विकाश बोर्डमा उजुरी दिलै शनिबार ती हलबाट चलचित्र उतारेको हो । सोही उजुरीको आधारमा बोर्डले ती चलचित्र घरलाई कारवाही गर्न लागेको पनि बोर्ड अध्यक्ष डिसीले जनाएका छन् ।

शनिबार नै पूर्णबहादुरको सारंगीका निर्माता विनोद पौडेलले आफ्नो चलचित्र हरेक शो हाउसफुलका साथ प्रदर्शन भईरहँदा १९ वटा हलले टिकट बिक्री नभएको भन्दै नक्कली विवरण दिएको बताए । उनीहरुले आधा भन्दा कम व्यापार देखाएपछि १९ वटा चलचित्र घरबाट आफ्नो चलचित्र उतार्नु परेको पनि उनले प्रस्ट पारेका छन् ।

निर्माता पौडेलका अनुसार इलाम हल इलाम, धनकुटा सिनेमा हल धनकुटा, फिदिम हल पाँचथर, अरुण सिनेमा बिराटनगर, विराटचोक सिनेमा हल मोरङ, हिमालय टाँकिज विराटनगर, सी.वी. सिनेमा हल इनरुवा, निलम सिनेमाज जनकपुर, गिरिजा थ्रिडी सिनेमा जनकपुर, आरएस मुभिज सिनेमा हल बर्दिवास, दीपक सिनेमा बरहथवा, त्रीमूर्ति हल विरगञ्ज, विना चलचित्र मन्दीर लालबन्दी, चरिकोट हल दोलखा, एभरेष्ट चलचित्र हल राजगढ, त्रिशूली चलचित्र हल नुवाकोट, गोरखा हल गोरखा र लभ कुश चलचित्र हल महेन्द्रनगरमा शनिबारबाट चलचित्र प्रदर्शनमा रोक लगाईएको छ ।

शनिबार विहानै यी चलचित्र घरमा पुगेका दर्शकहरुले पूर्णबहादुरको सारंगी हेर्न नपाएको बताएका छन् । यही चलचित्र हेर्न वर्दिवासको हलमा गएका दर्शकहरु त्यहाँ सो चलचित्र हटेकोमा छक्क परे । सो चलचित्र नभएपछि निता ढुँगानाको चलचित्र ह्रस्व दीर्घ हेरेको बर्दिसावका नविन कार्कीले राजधानीलाई बताए । चलचित्र पूर्णबहादुरको सारंगी एक्कासी किन हटाईयो भन्ने’bout हल सञ्चालकले जानकारी नगराएको पनि उनले बताए । करवाहीमा परेका अन्य चलचित्र घरमा विहानबाटै दर्शकहरु पूर्णबहादुरको सारंगी नभएकाले फर्किनु परेको छ ।

‘काठमाडौं बाहिर चलचित्र घरहरु भ्रमणका क्रममा जाँदा त्यहाँ हामीलाई ग्रसकलेक्सनको नक्कली विवरणको रिपोर्ट दिईएको देखियो । सो रिपोर्टमा चलचित्रको व्यापार आधा पनि नभएको उल्लेख गरिएको पाएपछि यसरी नक्कली रिपोर्ट दिने १९ वटा चलचित्र हलबाट आजदेखि हामीले पूर्ण बहादुरको सारँगी हटाएका छौं ।’ यो चलचित्रका निर्माता विनोद पौडेलले भने ।

यसरी हाउसफुलका साथ चलचित्र प्रदर्शन भईरहेको बेला हलको बदमासीका कारण चलचित्र हटाउँदा दर्शकमा पर्न गएको असुविधा प्रति आफुहरु क्षमापार्थी रहेको पनि उनले बताएका छन् । निर्माता पौडेलका अनुसार उनी सहित निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायतले मोफसलका विभिन्न चलचित्र घरमा पुगेर दर्शकलाई भेट्दै धन्यबाद पनि ज्ञापन गरेका छन् ।

अरु चलचित्रहरुले पनि यसरी ठगिनु नपरोस भनेर शुक्रबार ती १९ वटा चलचित्र घरले गरेको बदमासी’bout पूर्णबहादुरको सारंगीका निर्माताले चलचित्र विकाश बोर्डमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा आफुहरुले १९ वटै चलचित्र घरको वारेमा छानविन गरेर कारवाही गर्ने बोर्ड अध्यक्ष डिसीले राजधानीलाई बताए ।

शनिबार बोर्डले यी १९ वटा चलचित्र घरको ’boutमा जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ,‘माथि उल्लेख गरिएका अधिकांश चलचित्रघरहरूको चलचित्र प्रदर्शन इजाजतपत्र रद्द भइसकेका छन् । ईजाजतपत्र नवीकरण तथा नयाँ ईजाजतपत्र लिई बक्स अफिस सिस्टम जडान गरी चलचित्र प्रदर्शन गर्ने, गराउने सम्बन्धमा बोर्डबाट यस अघि नै लिखित एवं मौखिक जानकारी गराई कडा सचेतना गराईएको तथ्य स्मरण गर्न चहन्छौ ।’ बोर्डले अगाडि भनेको छ,‘तर, ती चलचित्रघरहरूले प्रचलित कानूनको उल्लंघन गर्दै लुकिछिपी चलचित्र प्रदर्शन गर्ने र गराउने, बक्स अफिस प्रणालीलाई वेवास्ता गरी म्यानुअल टिकट वितरण गरी आर्थिक ऐन, २०८१, चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली २०५७ मा रहेको प्रावधान विपरीत गतिविधि सञ्चालन गरिरहेको बुझिन आएको छ ।’

बोर्ड अध्यक्ष डिसीले भने,‘यस प्रकारका गैरकानुनी क्रियाकलापमा संलग्न चलचित्रघरहरूलाई तत्काल छानविन गरी चलचित्र विकास बोर्डको तर्फबाट कानूनी कारवाही प्रक्रिया अघि बढाउने स्पष्ट जानकारी गराउँदछांै । यस्ता गतिविधि नेपाली चलचित्र क्षेत्रको अनुशासन र विश्वसनियता कायम राख्न गम्भीर चुनौती हुन् र यसमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुनेछैन ।’

प्रदर्शनको अनुमति मिति सकिएको वर्षौं वित्दा पनि हल नविकरण नगरी लुकीछिपी रुपमा चलचित्र चलाएका यी चलचित्र हल’bout बोर्डलाई जानकारी उपलब्ध गराई आफ्नो दायित्व निर्वाह गरेकोको भन्दै बोर्डले शनिबार सेभेन सिज इन्टरटेनमेन्ट प्रालिलाई धन्यवाद ज्ञापन समेत गरेका छ ।

The post निर्माता ठग्दै नियम वितरित चलचित्र देखाउने १९ हललाई कारवाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103883/