नेपालको विकास प्रयासमा कोरियाले थप सघाउने सभामुख घिमिरेको विश्वास
काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल र कोरियाबीच भएका उच्चस्तरीय भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र द्विपक्षीय सम्झौताले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन्। नेपाल र गणतन्त्र कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘२०२४ कोरियाली सांस्कृतिक कार्यक्रम’मा उनले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान र सहकार्यमा आधारित सहयोगपूर्ण सम्बन्ध […]