नेपाली महिला टोलीलाई २५ लाख रुपैयाँसहित बालेनले गरे सम्मान
काठमाडौं– काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महानगरले उपविजेता भएकोमा सम्मानसहित उक्त रकम दिएको हो । जसमा प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ पाएका छन् ।