नेपाली युवा टोलीले दियाे कर्नाटकलाई २ सय ८३ रनको लक्ष्य

काठमाण्डाै – १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई २ सय ८३ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका तीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ८१, मयन यादवले ५८ र उत्तम मगरले ५२ रन बनाए । कर्नाटकका लोहिथ र वासुले २/२ विकेट लिए । यसअघि भएको पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने भने दोस्रो खेल नेपालले जितेको थियो । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम त...

Source : https://ujyaaloonline.com/story/108928/2024/11/17/nepali-youth-team-gave-a-target-of-283-runs