नेपाली सेनाको ‘नेपालटार–उदयपुरगढी पदयात्रा’
उदयपुर । नेपाली सेनाले उदयपुरको पुरानो सदरमुकाम ऐतिहासिक तथा पर्यटकीय स्थल उदयपुरगढीमा १० किलोमिटर पैदल यात्रा (पदयात्रा) सम्पन्न गरेको छ । उदयपुरगढी गाउँपालिका– ५ स्थित ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणले पदयात्रा आयोजना गरेको हो । मदन भण्डारी लोकमार्गको नेपालटारबाट १० किलोमिटर माथि पुरानो उदयपुरगढी सम्म पदयात्रा गरेका थिए ।
गाईघाटदेखि ३० किलोमिटर पश्चिम नेपालटार सम्म सवारी साधन मार्फत पुगेको पदयात्रा टोली उदयपुरगढीकै ६ नंं वडा नेपालटार देखि उदयपुरगढीसम्मको १० किलोमिटर दूरी पैदल यात्रा गरेको हो । नेपालटार देखि उदयपुरगढीसम्म जोडिने ८ किलोमिटर पार गरेपछि गाउँपालिका केद्र पुगेपछि पुन २ किलोमिटर पर पुरानो उदयपुरगढी सम्म पद यात्रा तय गरेको थियो ।
गाउँपालिका केन्ददेखि २ किलोमिटर उत्तरमा उदयपुरगढीको पुरानो गढी रहेको छ । त्यहाँको पुरानो गढीलाई गाउँपालिकाले पुनरसंंरचना गर्ने काम लगभग अन्तिम चरणमा पु¥याएको छ । गाउँपालिका तथा संस्कृति तथा पर्यटन मन्त्रालय र प्रदेश सरकारसँगको साझेदारीमा गढी क्षेत्रको पुनर्संरचना गर्ने काम गरि रहेको हो ।
पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेका अनुसार ऐतिहासिक तथा सामरिक महत्वका स्थलहरूको पदयात्रा गर्ने सेनाको योजना अनुसार पदयात्रा आयोजना गरिएको हो । गणपति वाग्लेले एकीकरण पदमार्र्ग कार्यक्रम नेपाली सेनाको नीति तथा कार्यक्रममै समावेश गरिएको हुन्छ ।
त्यस योजना अनुसार ऐतिहासिक, पुरातात्विक र सामरिक महत्वको क्षेत्र भएकाले उदयपुरगढी पदयात्रा गरिएको हो । यसले ऐतिहासिक स्थलहरूको संरक्षण र संवर्द्धन गर्न मद्दत पुग्ने उनी बताउँछन् । यो पदयात्राले गढी क्षेत्रको पर्यटन विकास र संवर्द्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको पनि गणपति वाग्लेले जानकारी दिए । पदयात्रा टोलीमा नेपाली सेनाको श्री नं. १८ बाहिनी अड्डा भुल्केका बाहिनी पति सहायक रथी गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगी, सशस्त्र प्रहरी बल गण नं. ५ का सशस्त्र प्रहरी उपरिक्षक (एसपी) सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरका उपनिर्देशक लगायत ५ दर्जन बढी सुरक्षाकर्मी र सरोकारवालाहरू सहभागी थिए ।
पदयात्रा गर्दै गढी पुगेको टोलीलाई गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, उपाध्यक्ष जीतबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँलगायतले स्वागत गरेका थिए । टोलीलाई स्वागत गर्दै अध्यक्ष मगरले गढी क्षेत्र उदयपुरगढी गाउँपालिकाको मात्र नभएर सिङ्गो उदयपुरकै ऐतिहासिक, सामरिक तथा पर्यटकीय महत्वको साझा थलो भएको भन्दै यसको विकास र संम्बद्र्धनमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए । अध्यक्ष मगरले तेह्रौँ–चौधौ शताब्दी तिर उदयचन्द्र सेन नाम गरेका सेन वंशी राजाले शासन गरेकाले जिल्लाको नाम ‘उदयपुर’ रहन गएको इतिहास भएको बताए । उदयपुरको सदरमुकाम गाईघाटमा सार्नु अघि २०२८ सालसम्म जिल्ला सदरमुकाम रहेको हुनाले पनि उदयपुरगढीको इतिहास छुट्टै महत्वको रहेको अध्यक्ष मगरले बताए । त्यसै गरी पृथ्वीनारायण शाहको राज्य एकीकरणको क्रममा पूर्वी भेगका किराँती राजा रजौटालाई हराउन चौदण्डीगढी राज्यको कोत राख्ने प्रमुख थलो उदयपुरगढीको पुरानो गढी रहेकाले त्यसको छुट्टै महत्व रहेको मगरको भनाई छ । यो ठाउँको इतिहास, सामरिक र पुरातात्विक महत्वको उजागर गर्न तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुरानो गढी क्षेत्रको पुनर्संरचना गर्ने काम भइरहेको पनि अध्यक्ष मगर जानकारी दिए । तत्कालीन सेनाले हातहतियार राख्ने बङ्करको भग्नावशेष सहितको पुरानोगढी क्षेत्रको पुनर्संरचना कार्य अहिले गाउँपालिकाले अन्तिम चरणमा पु¥याएको अध्यक्ष मगरले गराए ।
उदयपुरगढीमा अहिलेदेखि नै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । ऐतिहासिक, सामरिक र पर्यटन विकास गर्ने लक्ष्यका साथ संघिय सरकारको पर्यटन मन्त्रालय तथा प्रदेश सरकारसँग साझेदारीमा गाउँपालिकाले पुरानो गढी पुनर्संरचना गरि रहेको छ ।
उदयपुरगढी समुद्री सतहदेखि १ हजार १ सय ६० मिटर उचाइमा रहेकाले चिसो मौसम, स्वच्छ वातावरण, मनोरम दृश्य र वरिपरि वरपीपल र वनस्पतिले भरिएको ठाउँबाट टाढा टाढाका सहर बजार देख्न सकिन्छ । त्यसैले पछिल्लो समय उदयपुरगढी पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ । अहिलेसम्म कच्ची सडकले जोडिएको गढी क्षेत्र पुग्ने नेपालटार–उदयपुरगढी खण्ड ८ किलोमिटर सडक कालोपत्रे सहितको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै सक्ने गरी सडक निर्माणको काम धमाधम भइरहेकाले गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माले जानकारी दिए ।
सो क्षेत्र समुद्री सतहदेखि ११ सय ६० मिटरको उचाईमा पर्ने उदयपुरगढीमा विस १३८२ मा उदयचन्द्र नाम गरेका सेनवंसी राजाले शासन गरेको कुरा ईतिहासमा पाईन्छ । नेपाली सेनाले विभिन्न समयमा पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएबमोजिम ऐतिहासिक एकीकरण पदमार्ग गर्दै आएको छ ।
The post नेपाली सेनाको ‘नेपालटार–उदयपुरगढी पदयात्रा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103102/