नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू

काठमाण्डाै – नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले सुन्धारामा रहेको शाखा कार्यालयमा रोबोट प्रविधिको प्रयोग शुरू गरेको छ । सुन्धारा शाखा कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय जना सेवाग्राही आउने गरेका छन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन हुने गरेकोमा अब भने रोबोटले धेरै काम सजिलो बनाउने अपेक्षा लिएको कार्यालय प्रमुख पन्थीको भनाइ छ । सामान्य सोधपुछदेखि एनटीसी सेव...

Source : https://ujyaaloonline.com/story/108942/2024/11/17/robot-service-launched-by-nepal-telecom