नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरू
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तिहारको धन्तेरसलाई लक्षित गर्दै चाँदीको सिक्का बिक्री गर्न शुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको हो । चाँदीको स्मारिका तथा मेडालियन हिजोदेखि बिक्री शुरू भएको र पर्सि बुधवारसम्म किन्न पाइने राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सुनको असर्फी भने भोलि एक दिन मात्रै किन्न पाइनेछ । महाशाखाका अनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ । १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५...
Source : https://ujyaaloonline.com/story/108245/2024/10/28/nrb-has-started-selling-silver-coins-dhanteras-