पटक पटक सांसद बनेका यी ५ बलिउड अभिनेत्री

मुम्बई । नेपालमा अहिले पनि कलाकारले राजनीति पार्टीमा लाग्नु हुँदैन । राजनीति गर्नु हुँदैन भन्ने एकथरी कलाकारहरुको मान्यता छ । तर भारतमा थुप्रै अभिनेता अभिनेत्रीहरु चलचित्रमा सफलता हाँसिलगरेसँगै राजनीतिमा पनि त्यत्तिकै सफल भएका छन् ।

केही अभिनेत्रीहरुले चलचित्रसँगै राजनीति यात्रामा अघि बढेर साँसदसँगै मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बलिउडमा अभिनेत्रीहरु एक दुई पटक मात्र हैन पाँच पटकसमेत संसदीय चुनाव जितेर साँसद बन्न सफल भएका छन् । यसरी चलचित्रसँगै राजनीतिमा पनि सफलता हाँसिल गरेर दुई वा सो भन्दा धेरै समय साँसद बनिसकेका यी पाँच बलिउड अभिनेत्रीहरुको यहाँ चर्चा गरिएको छ ।

१. जया बच्चन
बलिउड अभिनेत्री मध्य राज्यसभामा धेरै समय पटक साँसद बनेकी अभिनेत्री जया बच्चन हुन् । यसैवर्ष उत्तर प्रदेशबाट राज्यसभाको चुनाव जितेर उनी पाँचौपटक साँसद बनेकी छिन् । उनी हाल राज्यभसाकी साँसद हुन् । जयाले सन २०००बाट राजनीति पार्टीसँग नजिक भएकी उनी पहिलो पटक २००४मा समाजवादी पार्टीमार्फत उत्तर प्रदेशबाट राज्यसभाका लागि संसदको रूपमा निर्वाचित भएकी हुन् । उनी उत्तर प्रदेशबाटै दोश्रो पटक सन २००६ देखि २०१२ सम्म, तेश्रो पटक २०१२ देखि २०१८ सम्म, चौथो पटक २०१८ देखि २०२४ सम्म र पाँचौ पटक २०२४मा चुनाव जितेर साँसद भएकी हुन् । उनी राजनीतिसँगै चलचित्र अभिनयमा पनि निरन्तर सक्रिय छिन् ।

२. हेमा मालिनी
बलिउड अभिनेत्री हेमा मालिनी भारतीय जनता पार्टीकी नेतृ हुन् । हाल लोकसभाको साँसद रहेकी अभिनेत्री हेमा मालिनी यसैवर्ष सम्पन्न चुनावमा पनि मधुरा क्षेत्रबाट निर्वाचित भएकी छिन् । उनी पनि लोकसभामा सबैभन्दा धेरै पटक साँसद बन्ने अभिनेत्रीको सूचीमा पछिन् । उनी हालसम्म पाँच पटक लोकसभाको साँसद बनिसकेकी छिन् । हेमाले मथुराबाट मात्रै लोकभसामा तीन पटक चुनाव जितेर साँसद बनिन् । हेमाले सन १९९९बाट राजनीति यात्रा थालेकी थिईन् । सन २००४ मा भारतीय जनता पार्टीमा आबद्ध भएकी हेमा सोही पार्टीबाट राज्यसभामा मनोनित भएर सन २००४ बाट २००९सम्म साँसद भईन् । उनी सन २०१० मा भाजपाको महासचिब समेत भईन् । त्यसपछि उनी मथुराबाट सन २०१४ र सन २०१९ मा लगातार लोकसभाको चुनावमा बिजयी भएर साँसद बनिन् । यसपटक पनि सोही क्षेत्रबाट चुनाव जितेकी उनी पनि पाँच पटक लोकसभाको साँसद भईसकेकी छिन् । उनी राजनीतिसँगै अझै पनि चलचित्र अभिनयमा सक्रिय छिन् ।

३. जया पर्दा
चलचित्र अभिनेत्रीको रुपमा सफलता हाँसिल गरेकी अर्की बलिउड अभिनेत्री जया पर्दा पनि राजनीतिमा त्यत्तिकै सफल मानिँदै आएकी छिन् । उनी पनि पटक पटक चुनाव जितेर भारतको राज्यसभा साँसद भईसकेकी छिन् । अभिनेत्री जय पर्दाले तेलुगु देशम पार्टीमा आबद्ध भएर आन्ध्र प्रदेशबाट राजीनिक यात्रा सुरु गरेकी हुन् । उनी यही पार्टीबाट पहिलो पटक सन् १९९६ मा आन्ध्र प्रदेशको प्रतिनिधित्व गर्दै राज्यसभामा मनोनीत भएकी थिइन् । उनले त्यतिबेला तेलुगु महिला अध्यक्षको पद पनि सम्हालिन् । सन २००४ मा समाजवादी पार्टीमा प्रवेश गरेर उत्तर प्रदेशको रामपुरबाट जयाले राज्य सभामा चुनाव जितिन र दोश्रो पटक साँसद भईन् । उनी सन २००९ मा तेश्रो पटक रामपुरबाटै चुनाव जितेर समाजबादी पार्टीबाट लोकसभामा साँसद भईन् । तर २०११ मा अनुसासन पालना नगरेको भन्दै उनलाई यो पार्टीबाट निस्कासन गरिएको थियो । जया पर्दाले अमर सिंहसँग मिलेर २०१२मा राष्ट्रिय लोक मञ्च स्थापना गरे पनि सन २०१४ मा पार्टीसहित उनी आरएलडीमा सामेल भएर चुनाव लडिन् । तर उनी पराजित भईन् । सन २०१९ मा आरएलडी छाडेर भारतीय जनता पार्टीमा आबद्ध भएकी उनी अहिले पनि भाजपाबाटै राजनीति गर्दैछिन् । उनी अहिले पनि चलचित्रमा अभियनरत छिन् ।

४. इरानी स्मृति
बलिउड तथा भारतीय टेली सृँखलाकी अभिनेत्री स्मृति इरानी त पटक पटक मन्त्री भईसकेकी छिन् । सन २००३ मा भारतीय जनता पार्टी (भाजपा)मा सामिल भएर अभिनेत्री इरानीले महाराष्ट्रबाट राजनीति यात्रा सुरु गरेकी हुन् । सन २०१० मा भाजपाको राष्ट्रीय सचिवमा चयन भएपछि उनी भाजपा महिला मोर्चाको प्रमुख बनिन् । अभिनेत्री इरानी सन २०११ मा गुजरातबाट राज्यसभाको चुनाब जितेर सांसद भईन् । अभिनेत्री इरानीले दोश्रो पटक भाजपाबाटै सन २०१४ मा उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा काँग्रेस आईका राहुल गान्धीलाई हराएर साँसद बनिन् । राहुललाई हराएको भन्दै तत्कालै प्रधानमन्त्री नरेन्द्र मोदीले इरानीलाई आफ्नो कैबिनेटमा मानव संसाधन विकास मन्त्री बनाए। जुलाई २०१६ मा मन्त्रिपरिषद फेरबदलको क्रममा इरानी कपडा मन्त्री बनिन् । त्यसपछि सन २०१७ मा उनी केन्द्रिय सूचना र प्रसारण मन्त्री बनिन । उनी फेरी सन २०१९ मा अमेठीबाट लोकसभाको चुनाव जितेर साँसद बनिन् । उनी सोही क्रममा २०१९ मै महिला तथा बालबालिका बिकाश मन्त्री बनिन् । यस्तै उनी २०२२ मा अल्पसँख्यक मामिल मन्त्री बनिन् । यसरी सन २०१४ बाट लगातार मन्त्री बन्ने अभिनेत्रीको रुपमा इरानी परिचित छिन् ।

५. किरण खेर
बलिउड अभिनेत्री किरण खेर पनि भारतीय राजनीतिमा सफल महिला हुन् । उनी हाल भारतीय जनता पार्टी (भाजता) सँग आबद्ध छिन् । उनी सन २००९ मा भारतीय जनता पार्टीमा सामेल भएकी हुन् । उनले सन २०१४ मा चण्डीगढबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेर लोकसभाको लागि चुनाव जितेकी हुन् । उनले दोश्रो पटक पनि चण्डीगढ बाटै २०१९ मा लोकसभाका लागि चुनाव जितेकी हुन् । यसरी अभिनेत्री किरण पनि अभिनयसँगै राजनीतिमा सफल छिन् ।

The post पटक पटक सांसद बनेका यी ५ बलिउड अभिनेत्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101897/