पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य, दाउन्नेमा एकतर्फी खुल्यो
काठमाण्डौ – बाढीपहिरोका कारण अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीको दाउन्नेमा हिजो बेलुकी सडक भासिएर अवरुद्ध भएको सडक रातिदेखि एकतर्फी सञ्चालनमा आएको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई ...
Source : https://ujyaaloonline.com/story/107445/2024/10/5/vehicular-traffic-is-normal-