पूर्वी र मध्य क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना, मनसुन सकिन अझै केही दिन लाग्ने

काठमाण्डौ – मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो वर्षा र लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सकिन अझै केही दिन लाग्नेछ । सामान्यतया यतिबेला मनसुन सकिनुपर्ने भए पनि...

Source : https://ujyaaloonline.com/story/107446/2024/10/5/chance-of-light-rain-in-eastern-and-central-areas-