पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने मौसमविद्को भनाइ

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन । आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । ह...

Source : https://ujyaaloonline.com/story/107378/2024/10/3/showers-in-eastern-and-central-areas-till-tomorrow