बही खातामा व्यापार आधुनिक भएको छ : उधोग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष टेमानी
बारा । पहिले बही खातामा हुने व्यापार आधुनिक भएको उधोग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष अशोक टेमानीले बताए । बारा उधोग वाणिज्य संघको निर्वाचित कार्यसमिति सदस्यको पद ग्रहण कार्यक्रममा बोल्दै वर्तमान व्यापार आधुनिक युगमा गएको टेमानीले बताए ।
विगतमा हामी बही खातामा व्यापार गर्ने व्यापारी अहिले टेबल कुर्सीमा आए, चेक अनलाईनबाट भुक्तानी भइ रहेको बेला अगामी १० वर्षमा व्यापार कस्तो हुन्छ त्यो योजना बनाउने समय रहेको टेमानीले बताए ।
मधेशमा धेरै स्टार्ट उप व्यापर शुरू भएको छ, जसले सानो पुँजीमा ठुलो नाफा हुने गरेको बताए । जसमा स्थानिय युवाहरूलाई स्वरोजगार बनेका छन् । हाम्रो देशमा मह, फलफूल, तरकारी उत्पादन भईरहेको छ त्यसलाई निर्यात गर्न सके देशको अर्थतन्त्र बलियो हुने उनले बताए ।
कानुन बाझिएकोले व्यापारीहरू पिडामा रहेको उधोग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष टेमानीले बताए । कर कम हुनुपर्छ र बृहत हुनुपर्छ तर सरकारले जो व्यापारी भ्याटमा दर्ता छ त्यसलाई नै सरकारले पिडा दिएको आरोप लगाए ।
सरकारले व्यापारीलाई सहजता हैन कि कुन व्यापारी दुइ देश को नागरिता लिएको छ त्यस्तो छानविन गरि व्यापारीको मनोबल घटाउने कार्य हुदा व्यापारी मर्कामा पर्ने गरेका छन् ।
केन्द्र ले प्रदेशलाई पावर दिन सकेका छैन, प्रदेश कति पावर छ थाहा नभएर रकारले उधोग वाणिज्य संघलाई निरीह बनाउने कार्य गरेको आरोप लगाए ।
देशको नाका बन्द भएकोले आर्थिक तन्त्र खुम्चिदै गएको छ । नाकाहरू सुरक्षित नभएकोले पर्यटक भित्र्याउन सकेका छैनौ । साथै व्यापार बढाउनको लागि नाकालाई व्यवस्थित गरि संचालनमा ल्याउन सके व्यापारीहरू लाभान्वित हुने टेमानीले विश्वास लिएका छन् ।
आउदो छठ पछि भारतको गुगल प्रमुखलाई बोलाएर सम्मेलन गर्न तयारी गरिरहेको बताए । सो सम्मेलनमा व्यापार गर्न चाहने देखि क्याम्पसका विधार्थीहरूलाई प्रशिक्षण दिने तयारी अवस्थामा रहेको टेमानीले बताए ।
उधोग वाणिज्य संघले समस्याको क्यालेन्डर बनाई त्यस समस्याको विग्यलाई बोलाएर छलफल गरि समाधान गर्न उनले सुझाव दिएका थिए ।
निर्वाचित कार्यसमितिमा अध्यक्ष राजकुमार साह,उपाध्यक्ष प्रदिप गुप्ता गोल्डेन, उपाध्यक्ष दिपु गुप्ता, महासचिव राम अशिष साह कानु, कोषाध्यक्ष अजय बुढा, सदस्यहरू वाणिज्य तर्फ रामजि प्रसाद साह, सशि भुसन केशरी, धनिलाल साह सोनार, विश्वनाथ प्रसाद यादव, शषीभुषन गुप्ता, दिनेश प्रसाद, तापस सरकार, अमृता जैयसवाल, राजा प्रसाद दास, सदस्य उधोग तर्फ बबिता कुमारी तेली, अरुण कुमार कलवार, रामप्रसाद साह कानु, मनोज प्रसाद साह, महमद जमिर, सदस्य एसोसियट तर्फ दिलिप कुमार चौधरी, सुरेश कुमार साह तेली, मुकेश कुमार गुप्ता लगायतले पद तथा गोपनियताको सपथ लिएका थिए ।
कार्यक्रममा निर्वाचित सदस्यहरूलाई पुर्व कृषि मन्त्री ज्वाला साह, संवाद रामबाबु यादव, विधायक पारस साह, कलैया उपमहानगरका पुर्व मेयर राजेश यादव, नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम पाण्डे लगायतले शुभकामना दिएका थिए ।
The post बही खातामा व्यापार आधुनिक भएको छ : उधोग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष टेमानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101722/