बेलुका भात खाँदैनन यी अभिनेताहरु

काठमाडौं । अभिनेता धिरेन शाक्यले आफ्नो शरीर फिट हुनुको मुख्य कारण व्यायमसँगै खानपिनको सन्तुलन पनि भएको बताएका छन् । उमेरले ५० वर्ष काटिसकेका यी अभिनेता अझै पनि जवान नै देखिन्छन् । यसो हुनुमा आफ्नो सन्तुलित खानपिनको पनि ठुलो भूमिका रहेको अभिनेता धिरेनले राजधानीलाई बताए ।

अभिनेता धिरेन बेलुका घाम डुबिसकेपछि भात खाँदैनन् । भात मात्र हैन, मैदाबाट बनेका खाद्यसामग्री नलिने गरेको यी अभिनेताको कथन छ । बेलुका उनी जुस, सुप तथा उसिनेको तरकारी एवम थोरै फुलफुल सेवन गर्छन । यी खाना पनि साँझ नपर्दे खाने गरेको धिरेनले बताए,‘दिउँसो म दाल, भात, तरकारीसहितको खाना मज्जाले खान्छु । तर बेलुका भात खाँदिन । सलाद, जुस तथा उसिनेको तरकारी हलुका मात्रामा लिन्छु ।’ यसरी बेलुका कार्वोहाईड्रेड युक्त खाना नखाँदा तथा साँझ नपर्दै हलुका खाना लिँदा शरीर तौल नबढ्ने उनले बताए ।

राजेश हमाल

अर्का अभिनेता राजेश हमाल त बिरलै भात खान्छन् । उनी प्राय खानामा उसिनेका चिजहरु (तरकारी, माछामासु, अण्डा, चना), जुस, सलाद, फलफुल लिने गर्छन । बिहान सबेरै उठेर ब्यायाम गर्ने यी अभिनेता साँझमै आफ्नो खाना लिईसक्छन् । बेलुका पार्टीमा जानु पर्दा पनि थोरै सलाद, फ्रेसजुस, काफी मात्र लिन्छन् । उमेरले ६२ वर्ष पुगेका अभिनेता राजेश हमालको शरीर पनि सँधै फिट हुनुको कारण यही रहेछ ।

धिरेन शाक्य

अघिल्ला पुस्ताका अभिनेता राजेश हमाल र धिरेन शाक्य मात्र हैन, अहिलेका पुस्ताका अधिकाँस अभिनेताहरु बेलुका भात खाँदैनन् । उनीहरु प्राय बेलुकाको खानामा फलफुल, सलाद तथा झोलजन्य पदार्ग (दाल, गेडागुडीको झोल, जुस, सुप) लिने गर्छन । आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिँदै आएका यी मध्य अधिकाँस अभिनेताहरु चिनी तथा मैदाबाट बनेका खाद्यसामग्री सेवन नगर्ने बताउँछन् ।

प्रदीप खड्का

आफुलाई सँधै फिट राख्दै आएका अभिनेता प्रदीप खड्का पनि बेलुका प्राय हलुका खाना लिने गरेको बताउँछन् । माछामासु भन्दा साकाहारी खान रुचाउने प्रदीप दिउँसो भने मज्जाले खाना खान्छन् । उनी चिल्लो कम खान्छन् । मैदाबाट बनेका खाना प्राय खाँदैनन् । फ्रेस जुस र कफीका पारखी अभिनेता प्रदीप चलचित्र छायाँकनको समयमा भने धेरै नै श्रम गर्नु पर्ने भएकाले कहिले काही बिहान बेलुका पनि खाना लिनु पर्ने अबस्था आउने गरेको बताउँछन् । त्यो बाहेक अरुबेला बेलुका हलुका खाना मात्र लिने गरेको यी अभिनेताको कथन छ ।

तेज गिरी

अभिनेता तेज गिरीको भनाईमा उनले बेलुका भात खान छाडेको एक दशक बढी भयो । बिहान दुई घन्टासम्म व्यायाममा रमाउने उनी जहिले पनि फिट देखिन्छन्,‘म बिहानै जिम गरेपछि अण्डा, चना र केही प्रोटिन लिन्छु । त्यसपछि मध्यान्नमा दाल, भात, तरकारी र सलादसहितको नेपाली खाना मज्जाले खान्छु ।’ बेलुका घाम डुब्नु अघि नै सलाद, फलफुल, ड्राईफुड, जुस, दाल तथा अन्य झोलिलो पेयपदार्थ लिने गरेको उनले बताए । घाम डुबिसकेपछि बेलुका सुत्ने बेलामा खाएको खानाले बोसोको रुपमा लिने र मोटाईने हुँदा साँझ नपर्दै बेलुकाको खाना खानुपर्ने मान्यता यी अभिनेताको छ ।

यसराज गराच

चामल, पाउरोटी, चिनी, आलुसहित कुनै पनि कार्बोहाईड्रेडजन्य खाद्यसामग्री नलिने अर्का अभिनेता यसराज गराच हुन् । उनी महिनौ नुन पनि खाँदैनन् । शरीरमा आबस्यक पर्ने नुनको लागि चिज, ओखरलगायतका सामग्री खाने गरेको यसराजले राजधानीलाई बताए । दिउँसो कहिलेकाही मात्र भात खाने यी अभिनेता सलाद बढी रुचाउँछन् ।

फलफुल, जुस, दालको रस, गेढागुडीको झोल तथा ड्राईफुड उनको दैनिकी खाना हो । उनी चियाको पारखी हुन् । अरु अभिनेता जस्तै यसराजले पनि बेलुका घाम डुवेपछि कफी, ग्रिन टी, फुलफुलको जुस बाहेक अरु खान नलिने गरेको खुलाए । विहानै उठेर तीन घन्टा व्यायाममा रमाउने यसराज आफुसँधै फिट हुनुको कारण पनि खानपिनमा सन्तुलन र व्यायाम नै भएको बताउँछन् ।

The post बेलुका भात खाँदैनन यी अभिनेताहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101976/