भारतको सङ्घीय राजधानी दिल्लीको वायु प्रदूषण झनै घातक अवस्थामा

वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ । यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ बजेदेखि चौथो तहको योजना लागू भएको बीबीसी हिन्दीले जनाएको छ । आज बिहान दिल्लीमा हावाको गुणस्तर मापन सूचक एक्यूआई नौ सय ३१ रहेर विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ । एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर दिल्लीमा त्यसको तीन गुणा भन्दा धेरै प्रदूषण भएको हो । प्रदूषण नियन्त्रण गर्न...

Source : https://ujyaaloonline.com/story/108957/2024/11/18/delhiair-pollution-is-getting-worse-