भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौंमा
समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमणका लागि बुधबार दिउँसो नेपाल आइपुगेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि द्विवेदी काठमाडौं आएका हुन्। सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। उनको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गर्नेछन्। साथै, प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाट, कमान्ड तथा स्टाफ कलेजका कशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमणसमेत गर्ने कार्यक्रम छ। यस्तै द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यतालिका समेत रहेको नेपाली सेनाले जनाएको छ।
उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९औं प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्।
The post भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौंमा appeared first on Samudrapari.