रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी
काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा पूर्व-गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा जाहेरी परेको छ ।
सभापति लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० विरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले रकम अपचलन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन् ।
लामिछाने र जोशीसहित १० जनाविरुद्ध पुरक जाहेरी आएको चितवन प्रहरीले जानकारी दिएको छ ।
सहारा सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रुपैयाँ अवैध तरिकाले गएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीको निष्कर्ष छ ।
रवि लामिछाने र छविलाल जोशी अहिले प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीहरुविरुद्ध सुर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
सहारा सहकारीको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । तर, पुरक जाहेरीको आधारमा थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।