भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा छन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले संख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन् ।

शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमाले उनीहरुलाई बचाउने बाध्यतामा परेको दाबी गरेका हुन् ।

प्रचण्डले भने- ‘भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा अहिले कांग्रेस र एमाले सरकारमा छन् । उनीहरु सरकारमा छन् तर दिनदिनै जनताको नजरमा गिरिरहेका छन् । जहाँ जहाँ राम्रो काम भएको थियो, त्यो त्यो काम उल्टाउने कोशिस भैरहेको छ । मैले नै पहल गरेर लोडसेडिङमुक्त गरें । अहिलेको सरकारलाई यो लोडसेडिङमुक्त भएको विल्कुल मन परेको छैन् । उनीहरु देशलाई फेरि अँध्यारो युगतर्फ लैजान चाहन्छन् ।’

प्रचण्डले देशमा भूमाफियालाई आफूले कारबाही गरेको पनि स्मरण गराए । उनले सरकारी जग्गा जालझेल र षड्यन्त्र गरेर व्यक्तिको नाममा लैजाने षड्यन्त्रकारीलाई आफ्नो नेतृत्वको सरकारले कारबाही गरेको बताउदै अहिलेका प्रधानमन्त्रीले तिनैबाट दान लिएर भ्रष्टाचारीलाई संरक्षण गर्न खोजिरहेको आरोप लगाए ।

The post भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा छन्: प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103448/