मनोमानी कर लिने सरकारको अन्त्य हुन आवश्यक छ: आजपा वरिष्ठ उपाध्यक्ष थापा
काठमाडौं । आम जनता पार्टी (आजपा) सरकार बिरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेको छ । भ्रष्टाचार बिरुद्ध आजै मधेस प्रदेशमा मधेस यात्रा सुरु गरेको आजपाले सरकारको मनोमानी कर बिरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो ।
आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा ‘सरकारको मनपरी कर आतंक बिरुद्ध प्रदर्शन’ कार्यक्रम काठमाडौंको शान्तिबाटिबाट शुरु भई पुनः सोही ठाउँमा पुगेर समापन भएको हो ।
जनताले तिरेको कर कहाँ छ ?, भ्रष्टाचार गरि सके छ, ‘कर ज्यादति बिरुद्ध एक होऔं, मनोमानि कर खारेज गरौं, सरकारको अनावश्यक कर हटाउ, उधोग, ब्यबसाय चलाउने वातावरण बनाउ, दलतन्त्रको अत्य गरौं, जनताको लोकतन्त्र बहाली गरौं, लुटेरा सरकार मुर्दावाद, आम जनता पार्टी जिन्दावाद, कर आतंक बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।
आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सभासद तिलक थापाले तीनै तहको सरकारले मनपरी कर बृद्धि गर्दै आम जनताको ढाड भाच्ने र लुट मचाउदै राज्यको ढुकुटी लुटिरहेकाले आजपा सडकमा उत्रिनुपरेको बताए ।
सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको ’boutमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गरेको उनले बताए । मुलुकमा भ्रष्टाचार कुशासन, अनियमितता बढदै गईरहेको बताउदै उनले सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेर राज्यको ढुकुटी लुटेको आरोप उनले लगाए ।
‘तिनै तहको सरकारले मनोमानी कर लगाउने र आम जनतालाई लुट्ने अहिले प्रतिस्पर्धा चलेको छ । यहाँको उधोग, व्यापार चौपट छ । तर सरकारलाई करमाथि कर लगाउने र जनतालाई लुट्ने बाहेक अरु केही देख्दैन’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘प्रधानमन्त्री भ्रष्टाचार शुन्य, सुशासनको कुरा गर्नुहुन्छ तर यहाँ भ्रष्टाचार बढदै गईरहेको छ । कुशासन छ, करमाथि कर छ । जनता मारमा परेका छन्, व्यापारीले आफ्नो व्यापार बन्द गर्दैछन् । युवा रोजगारका लागि खाडी मुलुक जान बाध्य छन्, यहाँ रोजगार छैन् । तपाई नै भन्नुस् यो सरकारको के काम ? जनताको हुन नसकेको यो सरकारको अन्त्य हुन आवश्यक छ ।’
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनोमानी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ । मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा भ्रष्टाचार बिरुद्ध मधेस यात्रा सुरु गरेको आजपा स्थायी कमिटीका सदस्य रबिन्द्र सिंहले जनाएका छन् ।
The post मनोमानी कर लिने सरकारको अन्त्य हुन आवश्यक छ: आजपा वरिष्ठ उपाध्यक्ष थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103862/