मन्त्रीको जापान भ्रमण प्रकरण : मानव तस्करीमा मुछिए कोशीका कानुनमन्त्री
समाचार सुन्नुहोस :
काठमाडौँ – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले विवादास्पद जापान भ्रमणपछि राजीनामा दिएका छन्। मन्त्रीसँगै फर्जी कागजात बनाएर चार जना जापान गएको पाइएको छ। त्यसपछि उनि विवादमा तानिएका थिए। जापानको अध्यागमन कार्यालयले मन्त्री अधिकारीसहित ती चार व्यक्तिलाई शंकास्पद ठहर गर्दै विमानस्थलबाटै फिर्ता पठाएको छ।
टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए। प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ। तर, तत्कालीन मन्त्री अधिकारीले औपचारिक जानकारी नदिएको कोशी प्रदेश सरकारको दावी छ। बरु उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए। उनीहरू मन्त्रालयसँग कुनै पनि साइनो नभएका व्यक्ति हुन् ।
मन्त्री अधिकारीले भने आफूले ती दुई व्यक्तिहरूलाई चिनेको नभएको दाबी गर्दै मानव तस्करको फन्दामा परेको महसुस भएपछि कार्यक्रममा सहभागी नभई स्वदेश फर्किएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतका अनुसार मन्त्री अधिकारीको भ्रमण शंकास्पद रहँदै आएको छ। उनले आफ्नो भ्रमणमा नकारात्मक टिप्पणीहरू आएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री अधिकारीसँग सोधपुछ गरेपछि अधिकारीले दलालहरूको प्रभावमा परेको स्वीकार गर्दै राजीनामा बुझाएका हुन्।
The post मन्त्रीको जापान भ्रमण प्रकरण : मानव तस्करीमा मुछिए कोशीका कानुनमन्त्री appeared first on Samudrapari.