मानव तस्करको अपराधमा मुछिएका कोशीका पूर्व मन्त्रीमाथि छानबिन गर्न माओबादीको माग
इटहरी । कोशी प्रदेश सरकारका निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले प्रदेशबासीको शिर निहुरेको माओबादी केन्द्रले जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै माओबादी केन्द्र कोशी प्रदेश संसदीय दलले निवर्तमान मन्त्री अधिकारी मानव तस्करीजस्तो अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरेको जनाउँदै छानबिनको माग राखेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाद्धारा जारी विज्ञप्तीअनुसार कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको जापान भ्रमण’boutको विवादमा छानबिनको माग राखिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवशीको शिर निहुरिएको छ ।’
मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात कीर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय भएकाले छानबिन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
‘मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाईटिकको प्रबन्ध हुनु रहस्यमयी देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्त व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करी प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ ।’
मन्त्री अधिकारीको भ्रमण टोलीमा कञ्चन देवकोटा, जनक राई, दावा शेर्पा र अनिता तिमल्सिना रहेका थिए । उनीहरूसँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिचयपत्र समेत रहेको थियो । उनहरूमध्ये कञ्चन, जनक र दावालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा मुछिएपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । यद्यपि, अधिकारीले भने नैतिकताको आधारमा राजीनामा दिएको जनाउँदै आएका छन् ।
अधिकारीका अनुसार उनलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो । तर, त्यही निम्तोप्रति जापानको अध्यागमन अधिकारीहरूले आशंका व्यक्त गरेको थिए । अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मको कार्यक्रममा सहभागी हुनेगरी आयोजकले बोलाएको उनको दाबी थियो । तर घटनाक्रम बाहिर आउँदा मन्त्री अधिकारी मानवतस्करमा संलग्न भएको प्रष्ट भएको बताइएको छ ।
The post मानव तस्करको अपराधमा मुछिएका कोशीका पूर्व मन्त्रीमाथि छानबिन गर्न माओबादीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103375/