मित्रमिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मित्रमिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनकै ससुराली घरबाट पक्राउ गरेको हो । 

सहकारी ठगी प्रकरण पक्राउ परेका लम्सालमाथि थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 

उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/सेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्र मिलन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ३१ करोड बिगोसहित मुद्दा दर्ता भएको छ ।

Source : https://arthasarokar.com/2024/11/bijay-lamsal.html