मुस्ताङमा ९ महिनामै १ लाख पर्यटक घुम्न पुगे , तेश्रो मुलुकका १५ हजार

बितेका ९ महिनामा १ लाख ५ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

हालसम्म १ लाख ५ हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को इलाका संरक्षण कार्यालयले जनाएको छ ।

असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार ६ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् ।

सन् २०२३ मा १ लाख २१ हजार ३ सय ५२ जनाले भ्रमण गरेका थिए ।

उक्त कार्यालयका अनुसार गत बुधबारसम्म २ हजार ८ सय ९६ जना पर्यटक भित्रएिका थिए ।

आठ हजार तीन सय ९७ जना मनाङ हँदै पाँच हजार चार सय मिटरकम अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भित्रिएका हुन् ।

हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।

Source : https://www.khasokhas.com/210656