म्याग्दीमा महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – सामाजिक विकास कार्यालय म्याग्दीले महिलाका लागि लोकसेवाका निःशुल्क तयारी कक्षा शुरु गरेको छ । कक्षा १२ उत्तीर्ण गरेपछि जापान, युरोप, अमेरिकालगायतका देश जान थालेपछि जिल्लाका शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव हुन सक्ने देखिएपछि कार्यालयले लोकसेवाका कक्षा शुरु गरेको हो । साथै यसरी तालिम सञ्चालन गर्दा उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम रोकिने अपेक्षा गरिएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । उहाँका अनुसार महिलालाई निजामती सेवाप्रति आकर्षित गर्...

Source : https://ujyaaloonline.com/story/106862/2024/9/21/free-public-service-preparatory-class-women-myagdi