रवि लामिछानेलाई पुनः पोखरा लगियो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा लगिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो ।

अनुसन्धानका सन्दर्भमा उनलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुुमार शर्माले जानकारी दिएका छन् ।

Source : https://arthasarokar.com/2024/11/ravi-lamichhane-was-again-taken-to-pokhara.html



Related Posts